कलियुगको आयू अब कति ? यस्तो छ धर्म शास्त्रमा वर्णन « Khabarhub

कलियुगको आयू अब कति ? यस्तो छ धर्म शास्त्रमा वर्णन


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दु धर्म शास्त्र अनुसार सत्य, त्रेता, द्वापर र कलियुग गरी यस ब्रह्माण्डमा चार वटा युग रहेका छन् ।

हिन्दु शास्त्रमा उल्लेख भएअनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ ।

कलियुगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको श्रृजना हुने विश्वास गरिन्छ । कलियुग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ । कल्किको रुपमा विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनेर धर्म ग्रन्थहरुमा भनिएको छ। कल्कि अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ।

यो अवतार ६४औं कला युक्त हुनेछ । कल्कि पुराणको अनुसार, विष्णुको अवतार कल्किले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापिहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ । त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ४० बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’