शरणार्थीको कथामा दयाहाङ « Khabarhub

शरणार्थीको कथामा दयाहाङ


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नेपालको झापा र मोरङ्मा बसोबास गरी रहेका भुटानी शरणार्थी र स्थानीय युवतीबीच प्रेमकथामा बनेको म्युजिकल फिल्ममा नायक दयाहाङ राई शरणार्थी युवाकोरुपमा देखिएका छन् ।

सँगसँगै कान्छी बोलको गीतलाई आधार बनाएर रंगकर्मी जीवन बरालले बनाएको म्युजिकल फिल्ममा उनी शिविर बाहिर बस्तिका युवतीसँग प्रेममा परेका शरणार्थी युवाहरुको प्रतिनिधीको रुपमा देखिएका छन् ।

जमर्को ईन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा उनीसँगै नग्मा श्रेष्ठ नायिकाको रुपमा देखिएकी छन् ।

एक दशकभन्दा लामो समयदेखि काठमाडौँमा रहेर रंगञ्चमा क्रियाशील बरालले आफूले वर्षौदेखि पूर्वी नेपालमा देखेको शरणार्थी शिविर र शिविर बाहिर हुने प्रेमकथालाई भिडियोमा उतार्ने प्रयास गरेको बताएका छन् ।

नन्दु गुरुङले गाएको गीतका शव्द अनिल धिरुलले लेखेका हुन् भने देव गुरुङ गीतका संगीतकार हुन् ।

सम्रान्त थापा, पूर्णमाया राई, भवानी दुलाल, सरोज तिमिल्सिना, काव्य बराल लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोको कथा, परिकल्पना पनि निर्देशक बरालले नै गरेका छन् ।

भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : ३७ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख