टाटाका गाडीहरुको प्रि–बुकिङ खुल्ला,  पहिलो १०० जनाले पाउनेछन् यस्ता उपहार « Khabarhub

टाटाका गाडीहरुको प्रि–बुकिङ खुल्ला,  पहिलो १०० जनाले पाउनेछन् यस्ता उपहार


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ ।

भारतीय स्टयान्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरिएको हो ।

न्यू फरेवरको अवधारणा सहित अत्याधुनिक प्रविधि युक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ पाएका टाटाको यी गाडीहरुले सबैको मन जित्ने बिश्वास कम्पनीको छ ।

साथै यही शुभ अवसर पारेर प्रि–बुकिङ गर्ने पहिलो १०० जना ग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

उपहारहरुअन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ बर्षको नि:शूल्क सर्भिसिङ्ग र निःशूल्क जेन्युइन एसोसेरिजहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरु हरेक उमेर समुहका ग्राहकहरुको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । ग्लोबल एन क्यापको रेटिङअनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन ।

उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभूती गर्न सकिने यी गाडीहरु अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमता सहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ । नेपाल अधिराज्यभरका सबै टाटाको शोरुमहरुबाट ग्राहकहरुको सुबिधाको लागि प्रि–बुकिङको ब्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : १४ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै