नेपालमा हाल १ हजार ६०४ जना सक्रिय संक्रमित « Khabarhub

नेपालमा हाल १ हजार ६०४ जना सक्रिय संक्रमित


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।

पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ६० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा कोही संक्रमितको निधन नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : १५ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो