महिला राष्ट्रिय हक्कीको उपाधि आर्मीले जित्यो « Khabarhub

महिला राष्ट्रिय हक्कीको उपाधि आर्मीले जित्यो


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो स्व सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको टिमलाई पराजित गर्दै आर्मी क्लबले उपाधि जितेको हो ।

फाइनलको पहिलो हाफमा आर्मी क्लबलाई दबाबमा राखेको सुदूरपश्चिमले दोस्रो हाफमा आर्मीको टोलीले आफ्नो दबाब बढाएको थियो ।

आर्मीका लागि निलिमा पाण्डेयले दुई गोल गरेकी थिइन ।

घरेलु दर्शकको साथ पाए पनि सुदूरपश्चिमले गोल गर्न सकेन । प्रतियोगिताको उपाधि बिजेता टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरस्कृत गरे ।

नेपाल हक्की सङ्घको आयोजना र कञ्चनपुर जिल्ला हक्की सङ्घको समन्वयमा भएको प्रतियोगिताको उपाधि विजेता आर्मी क्लब रु ५० हजार नगदसहित सम्मानीत भएको छ भने उपविजेता सुदूरपश्चिम रु ३० हजार नगदसहित पुरस्कृत भएको छ ।

चार वटा प्रदेश र विभागीयतर्फ आर्मी क्बल सहभागी रहेको हक्की प्रतियोगितामा वेष्ट स्कोररमा आर्मीका निलिमा पाण्डेय घोषित भइन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ५६ बजे

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला