शिवम् सिमेन्ट बन्यो ‘४३ ग्रेड ओपीसी’ उत्पादन गर्ने पहिलो ब्राण्ड « Khabarhub

शिवम् सिमेन्ट बन्यो ‘४३ ग्रेड ओपीसी’ उत्पादन गर्ने पहिलो ब्राण्ड


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिवम् सिमेन्ट ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको जनाएको छ ।

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल विभागले एनएस ५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो ।

सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट योसँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको जनाएको छ ।

हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै यस्तो ब्राण्ड हो जुन एनएस ५७२ प्रमाणिकरण भै ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न योग्य भएको कम्पनीको दावी छ ।

निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक शिवम्ले एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित भएको शिवम्ले गुणस्तरिय उत्पादनकै प्रतिफल स्वरुप फेरि एनएस ५७२ को अनुमति तथा मान्यता प्राप्त गरी नेपालकै पहिलो र एकमात्र ४३ ग्रेडको सिमेन्ट उत्पादक भइ आफ्नो निरन्तर गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको पनि जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ४४ बजे

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट

अखिलले आफैँ वितरण गर्‍यो राहत

रसुवा–  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई