शिवम् सिमेन्ट बन्यो '४३ ग्रेड ओपीसी' उत्पादन गर्ने पहिलो ब्राण्ड | Khabarhub Khabarhub

शिवम् सिमेन्ट बन्यो ‘४३ ग्रेड ओपीसी’ उत्पादन गर्ने पहिलो ब्राण्ड


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिवम् सिमेन्ट ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको जनाएको छ ।

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल विभागले एनएस ५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो ।

सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट योसँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको जनाएको छ ।

हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै यस्तो ब्राण्ड हो जुन एनएस ५७२ प्रमाणिकरण भै ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न योग्य भएको कम्पनीको दावी छ ।

निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक शिवम्ले एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित भएको शिवम्ले गुणस्तरिय उत्पादनकै प्रतिफल स्वरुप फेरि एनएस ५७२ को अनुमति तथा मान्यता प्राप्त गरी नेपालकै पहिलो र एकमात्र ४३ ग्रेडको सिमेन्ट उत्पादक भइ आफ्नो निरन्तर गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको पनि जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ४४ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको