खानेपानी आपूर्तिमा फण्ड बोर्डको योगदान १० प्रतिशत « Khabarhub

खानेपानी आपूर्तिमा फण्ड बोर्डको योगदान १० प्रतिशत


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले राष्ट्रको खानेपानी आपूर्तिमा १० प्रतिशत योगदान दिएको छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको २५औं बार्षिकोत्सव समारोहमा खानेपानी सचिव माधव बेल्बासेले ९१ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको र त्यसमा फण्ड बोर्डको योगदान करिब १० प्रतिशत रहेको बताएका हुन् । ‘९१ प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा प्रदान गरिरहँदा १० प्रतिशत यस संस्थाको योगदान देखिन्छ, यो राष्ट्रको लागि ठूलो सहयोग र उपलब्धी हो ।’ उनले भने ।

(फण्ड बोर्ड) ले स्थापनादेखि हालसम्मको अवधिमा ३ हजार २३७ आयोजनाहरू सम्पन्न गरी २५ लाख ५९ हजार जनसंख्यालाई स्वच्छ खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराएको छ । कोष विकास समिति (फण्ड बोर्ड) नेपालको ग्रामीण समुदायका बासिन्दालाई खानेपानी र सरसफाइको दिगो र भरपर्दो सुविधा उपलब्ध गराउने ध्येय सहित २०५२ साल चैत्र १ गते विकास समिति ऐन २०१३ अन्तर्गत स्थापना भएको हो ।

उनले फण्ड बोर्डले खानेपानीको पहिचान, प्लानिङ, र कार्यान्वयन तथा नेतृत्व विकास, जीविकोपार्जनका कार्यक्रमहरू निक्कै उदाहरणीय भएको बताए । सचिव बेल्बासेले एक घर एक धाराको निर्माण तथा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न र दक्षिण एसियामै पहिलो खुलादिसामुक्त राष्ट्र घोषणाका लागि कोष विकास समितिले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : ०१ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी