खानेपानी आपूर्तिमा फण्ड बोर्डको योगदान १० प्रतिशत « Khabarhub

खानेपानी आपूर्तिमा फण्ड बोर्डको योगदान १० प्रतिशत


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले राष्ट्रको खानेपानी आपूर्तिमा १० प्रतिशत योगदान दिएको छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको २५औं बार्षिकोत्सव समारोहमा खानेपानी सचिव माधव बेल्बासेले ९१ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको र त्यसमा फण्ड बोर्डको योगदान करिब १० प्रतिशत रहेको बताएका हुन् । ‘९१ प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा प्रदान गरिरहँदा १० प्रतिशत यस संस्थाको योगदान देखिन्छ, यो राष्ट्रको लागि ठूलो सहयोग र उपलब्धी हो ।’ उनले भने ।

(फण्ड बोर्ड) ले स्थापनादेखि हालसम्मको अवधिमा ३ हजार २३७ आयोजनाहरू सम्पन्न गरी २५ लाख ५९ हजार जनसंख्यालाई स्वच्छ खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराएको छ । कोष विकास समिति (फण्ड बोर्ड) नेपालको ग्रामीण समुदायका बासिन्दालाई खानेपानी र सरसफाइको दिगो र भरपर्दो सुविधा उपलब्ध गराउने ध्येय सहित २०५२ साल चैत्र १ गते विकास समिति ऐन २०१३ अन्तर्गत स्थापना भएको हो ।

उनले फण्ड बोर्डले खानेपानीको पहिचान, प्लानिङ, र कार्यान्वयन तथा नेतृत्व विकास, जीविकोपार्जनका कार्यक्रमहरू निक्कै उदाहरणीय भएको बताए । सचिव बेल्बासेले एक घर एक धाराको निर्माण तथा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न र दक्षिण एसियामै पहिलो खुलादिसामुक्त राष्ट्र घोषणाका लागि कोष विकास समितिले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : ०१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग