हिराको औठीले चर्चामा मलाइका « Khabarhub

हिराको औठीले चर्चामा मलाइका


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री मलाइका अरोडा फिल्म उद्योगकी ती अभिनेत्रीमा पर्छिन्, जो आफ्नो फिटनेसलाई निकै ध्यान दिन्छिन् ।

उनी आफ्नो दैनिक समय तालिका जति व्यस्तपूर्ण भए पनि आफूलाई फिट बनाउन समय निकाल्छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । समयमा समयमा भिडियो तथा तस्वीर पोस्ट गर्नाले पनि मलाइकालाई सामाजिक सञ्जालमा निकै चासोका साथ हेर्ने गरिएको छ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार मलाइका यसपटक पुनः चर्चामा आएकी छन् । उनले हालैमात्र हातमा लगाएको हिराको औठीकाे तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यो औठी लगाउनुको रहस्यबारे खोजीनीति सुरु भएको छ ।

उनको औठी हेरेपछि धेरैले कतै उनले अर्जुन कपूरसँग इन्गेजमेन्ट त गरेको होइन भन्ने अनुमान पनि गरिएकाे छ । त्यहीकारण कैयौं फ्यानले उनलाई बधाई पनि दिएका छन् ।

इन्स्टाग्राममा उनले दुई तस्वीर पोस्ट गरेकी छन् । जसमध्ये एउटा तस्वीरमा उनी र अर्को तस्वीरमा उनको हातको हिराको औठी छ ।

सामाजिक सञ्जालमा कतिपयले अभिनेता अर्जुन कपुरसँग नाम जोड्दै बधाई दिन थालेका छन् । अर्जुनसँग मलाइकाको इन्गेजमेन्ट भएको हुनसक्ने भन्दै उज्जवल भविष्यको कामना गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  २ : ०५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान