शाहरुख, सलमान र प्रभासको फिल्म सुटिङमा रोक « Khabarhub

शाहरुख, सलमान र प्रभासको फिल्म सुटिङमा रोक


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोनाको दोस्रो लहरले भारत पुनः लकडाउनको अवस्थामा पुगेको छ । कोरोना महामारीको इपीसेन्टर बनेको महाराष्ट्रमा कोरोना सम्बन्धी अत्यावश्यक मार्गनिर्देशिकासँगै मिनी लकडाउन गरिएको छ ।

बलिउड हंगामामा प्रकाशित समाचारअनुसार स्थानीय सरकारको यो निर्णयले मनोरञ्जन जगतको गतिमा ब्रेक लागेको छ । यहाँ थिएटरलाई पहिले नै बन्द गर्न निर्देशन दिइएको थियो । अब फिल्म र टेलिभिजन शोको सुटिङमा पनि कैयौं किसिमको रोक लगाइएको छ ।

यो निर्णयले ठूला बजेटका फिल्मको काम पनि आधामै रोकिएको छ । जसमा शाहरुख खानको ‘पठान’, प्रभासको ‘आदिपुरुष’ र ‘सलमान खानको ‘टाइगर ३’ छन् ।

यी तिन कलाकारको फिल्मको मुम्बईस्थित फिल्म सिटी स्टुडियोमा सुटिङ भइरहेको थियो ।

महाराष्ट्रमा धारा १४४ लगाइएको छ । जस अनुसार अत्यावश्यक कामबाहेक सबै कुरामा प्रतिबन्ध लगाइएको छ । ‘पठान’, ‘आदिपुरुष’ र ‘टाइगर ३’ को सुटिङ १५ दिनका लागि रोकिएको छ ।

शाहरुखको ‘पठान’को केही सेड्युलको सुटिङ पुरा भइसकेको छ । सलमानको ‘टाइगर ३’ गत महिनाबाट छायांकन सुरु गरिएको छ । त्यस्तै प्रभासको ‘आदिपुरुष’को सुटिङ सुरुवाती अवस्थामा नै थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क