फिल्मकर्मी किशोर र छिरिङद्वारा रोग उपचार केन्द्र सञ्चालन « Khabarhub

फिल्मकर्मी किशोर र छिरिङद्वारा रोग उपचार केन्द्र सञ्चालन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्माता, निर्देशक, छायांकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तलामा नाक, कान घाँटी रोग उपचार केन्द्र(नेशनल इनटी सेन्टर) सञ्चालनमा ल्याएका छन् ।

नाक, कान, घाँटी विशेषज्ञहरुसँगको सहकार्यमा उनीहरुले केन्द्र सञ्चालनमा ल्याएका हुन् । नयाँवर्षको अवसर पारेर बुधबार पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घांटी स्वास्थ्य परामर्श शिविर आयोजना गरेको छ । फिल्मकर्मी ढकालका अनुसार बुधबार शुरु भएको शिविर शुक्रबारसम्म चल्नेछ ।

केन्द्रमा नाक, कान, घाँटी विशेषज्ञहरु डा. दीपेन्द्र श्रेष्ठ, डा. रेश्की देव, डा. सबिना श्रेष्ठ, डा. राजेश देव र डा. जयनेन्द्र प्रधानाङग तथा अडियोलोजिस्ट विद्वान भुषाल र भागिमान विष्टको सहकार्य छ ।

केन्द्रमा नाक, कान र घाँटी सम्बन्धी सबै समस्याको परीक्षण तथा शल्यक्रियालगायतका परीक्षण हुने केन्द्रले जनाएको छ ।

सयौं फिल्म छायांकनका साथ थुपै्र फिल्म निर्देशन गर्दै आएका फिल्मकर्मी ढकालले स्वास्थ्य क्षेत्रबाट सामाजिक सेवा गर्ने उद्देश्यले सो उपचार केन्द्र सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : २० बजे

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई