नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह | Khabarhub Khabarhub

नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ ।

नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।

आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्र्ता गर्न उत्प्रेरित र सहजीकरण गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ । जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीका लागि निरन्तर रुपमा नाम दर्ता भइरहेको जनाउँदै आयोगले राजनीतिक दललाई आफ्ना जिल्ला र स्थानीय सङ्गठनलाई त्यसबारे प्रचारप्रसार गरी सहयोग र सहजीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।

मतदाता नामावली ऐन २०७३ ले तोकिएको योग्यता पूरा भएका नागरिकको नाम र फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउन आयोगलाई जिम्मेवारी दिएको छ । मुलुुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने कार्य निरन्तर रुपमा गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

स्थानीय तहको वडाको मतदाता नामावलीमा नाम दर्ता गराउनु नेपाली नागरिकताको प्रमाण प्राप्त गरेका हरेक व्यक्तिको कर्तव्य रहेको आयोगको भनाइ छ । मतदान गर्न योग्यता पूरा भएका कोही पनि व्यक्ति मतदानबाट वञ्चित नहुन् भन्ने आयोगको अभिप्राय छ ।

मतदानका लागि मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वशर्त रहेको जनाउँदै आयोगले मतदाता नामावलीमा समयमै नाम दर्ता गराउन सबै नागरिकसँग अपिल गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ५९ बजे

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

भोजपुर– कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल

तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

काठमाडौं– गत वैशाख १ गतेदेखि यही साउन ५ गतेसम्म देशभरका

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन– अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि