राजनीतिक नेतृत्वको चिन्तन र कार्यशैली परिवर्तन हुन सकेन : मन्त्री रायमाझी « Khabarhub

राजनीतिक नेतृत्वको चिन्तन र कार्यशैली परिवर्तन हुन सकेन : मन्त्री रायमाझी


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृतिहरू अझै कायमै रहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा अखिल छैठौंले आयोजना गरेको नेपालको बिद्यार्थी आन्दोलन र अखिल छैठौंको इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा रायमाझीले देशमा व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका हुन् ।

उनले परम्परागत व्यवस्थाकाविरुद्ध हतियारले नभइ राजनीति मुद्दाका आधारमा लड्नुपर्ने बताए । राजनीतिक क्रान्तिपछि मुलुकको विकास र समृद्धिको क्रान्तिमा अघि बढ्नुपर्ने उनले धारणा राखे ।

जनताको मन जितेर संविधानमा उल्लेख समाजवादमा पुग्ने लक्ष्यलाई भेट्नुपर्ने उहाको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एक अर्कालाई आरोप प्रत्यारोप भन्दा पनि दलहरुलाई एकताबद्ध गरेर मुलुकलाई बचाउनुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : १७ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा