चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु | Khabarhub Khabarhub

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना४२प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर–२६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार भरतपुर–२५ का २२ वर्षीय अमित महतो दुर्घटनामा घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै आज दिउँसो २ः५५ बजे रत्ननगर नगरपालिका–२ बेल्सिपुल नजिक भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।

ना३५प ६५०२ नम्बरको स्कुटरले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा२ख ४५२२ नम्बरको बसमा ठोक्किन पुगेको थियो ।

सो क्रममा स्कुटर र मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : १६ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार