देशप्रति जिम्मेवार रहन प्रदेश प्रमुख अधिकारीको आग्रह « Khabarhub

देशप्रति जिम्मेवार रहन प्रदेश प्रमुख अधिकारीको आग्रह


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले देशप्रति जिम्मेवार रहन सबैलाई आग्रह गरेका छन् ।

नव वर्ष–२०७८ को उपलक्ष्यमा प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रप्रति जवाफदेही एवं जिम्मेवार भएर राष्ट्रिय मर्यादालाई कायम राखी समाजमा असल सन्देश प्रवाह गर्न सबैमा आग्रह गरेका हुन् ।

प्रदेश प्रमुख अधिकारीले मुलुक निर्माणको जिम्मेवारी हामी सबैको काँधमा रहेको उल्लेख गर्दै सकारात्मक सोचले अगाडि बढेमा राष्ट्र र समाज सबल एवं सक्षम हुने बताए ।

उनले कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका नेपालीप्रति दुःख व्यक्त गर्दै कोभिड–१९ नियन्त्रणमा सरकारले दिएको निर्देशन पालना गर्न सबैसँग आग्रह पनि गरे ।

प्रदेश प्रमुख अधिकारी वर्तमान पिँढीको ठूलो योगदानले निर्माण भएको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उहाँले प्रदेश प्रमुखको कार्यालयद्वारा प्रकाशित विसं २०७८ को भित्तेपात्रोसमेत सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : ३४ बजे

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट