एकै परिवारका तीनको मृत्यु « Khabarhub

एकै परिवारका तीनको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको गढवा गाउँपालिका–४ स्थित एक घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मुस्लिम समुदायका ५३ वर्षीय अब्दुल कलामको मृत्यु भएपछि उनको अन्तिम संस्कारमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा थप दुई जनाको मृत्यु भएको पाइएको छ ।

अब्दुलको मृत्युपछि उनका भाइ ४१ वर्षीय मोहमद उमरले धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरेको जानकारी दिँदै दाङ क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले त्यसकै कारण उनको पनि संक्रमण भएर मृत्यु भएको बताए ।

उमरको मृत्यु भएपछि उनका छोरा २८ वर्षीय मोहमद रज्जाकले पनि धार्मिक संस्कारअनुसार बुबाको अन्त्येष्टि गरे । ग्रामीण क्षेत्रमा नियमित जाँच नभए पनि कोरोना संक्रमण पुष्टि भइसकेपछि पनि मृतकको अन्त्येष्टिमा सतर्कता अपनाउन नसक्दा यस्तो दुर्घटना भएको प्रदेशसभा सदस्य थारूले बताए ।

कोरोना संक्रमणको आशंका देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको र कोरोना पोजेटिभ देखिएपछि कलामको मृत्यु भएको गढवा–४ का वडाध्यक्ष गुलाम मोहमद जागा मुसलमानले जानकारी दिए ।

प्रदेशसभा सदस्य चौधरीका अनुसार मृत्युपछि कलामको शव वडाध्यक्ष मुसलमानकै पहलमा गाउँमा लगिएको थियो । उनको शव भाइले धार्मिक परम्पराअनुसार उनको गाउँकै कवरस्थानमा अन्त्येष्टि गरेका थिए ।

अन्त्येष्टि गरी फर्केपछि भाइ उमर बिरामी परेको पत्थरगढवाकै क्लिनिकमा सामान्य उपचारपछि लमही आइसोलेनमा लगिएको स्थानीयले बताए । त्यहीबाटै बाबुछोरा दुवै बिरामी पर्दा बचाउन नसकिएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ०५ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड