प्रतिगामी शक्तिविरुद्ध एकजुट हुन प्रचण्डको आह्वान « Khabarhub

प्रतिगामी शक्तिविरुद्ध एकजुट हुन प्रचण्डको आह्वान


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गरेका छन् ।

मुस्लिम धर्माबलम्बीहरुको चाड इद उल फित्रको उपलक्ष्यमा शुभकामना दिँदै प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारमाथि पनि प्रहार भइरहेको बताए ।

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ । परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु ।’

प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको पनि बताएका छन् ।

इद–उल–फित्र चाडले नेपाली जनसमुदायका बीचमा सदियौंदेखिको सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको प्रचण्डले उल्लेख गरेका छन ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना