कुवेतमै अस्ताए खम्बा सिङ « Khabarhub

कुवेतमै अस्ताए खम्बा सिङ


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । विगत दुई हप्तादेखि कुवेतको अल सभा टिवी हस्पिटलमा उपचाररत तेह्रथुमका खम्बा सिङ गुरुङको मृत्यु भएको हो ।

अबैधानिक तरिकाले त्यहाँ काम गरिरहेका उनी लामो समयदेखि बिरामी उपचार गराउन नसकेर स्थिति जटिल बन्दै गएपछि उनका साथीहरुले गैरआबासीय नेपाली संघ (एनआरएनए) कुवेतलाई जानकारी गराएपछि संघले आदान अस्पताल पुर्‍याएको थियो ।

आदान अस्पतालले टिवी रोग भएको प्रमाणित गरेपछि थप उपचारको लागि अल सभाको टिवि अस्पतालमा रिफर गरेको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको संघले जनाएको छ ।

मृतक गुरुङ करिव चार बर्ष अघि कुवेतको एनएस कम्पनीमा पुगेको र पछि मेडिकल चेकअप गर्दा अनफिट भएपछि कम्पनीले नेपाल फर्किन राहदानी उपलब्ध गराएपछि अबैधानिक तरिकाले काम गर्दै आएको बुझिएको छ ।

गुरुङको मृत्यु बारे नेपाली दूतावास जानकार रहेको भन्दै परिवारसँग समन्वय गरी हवाई उडान खुल्न साथ शव नेपाली पठाइने जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेको भन्दै नेपाल र कुवेत दुबै तिरबाट उडानमा प्रतिबन्ध लगाएकोले शव पठाउन केही ढिलो हुने दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ३५ बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि