२१ भाषामा रविशंकरको बायोपिक « Khabarhub

२१ भाषामा रविशंकरको बायोपिक


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– आध्यात्मिक गुरुका रुपमा विश्वभर प्रख्यात श्री श्री रविशंकरको बायोपिक फिल्म निर्माण हुने भएको छ । रविशंकरको शुक्रबार परेको जन्मदिनको अवसर पारेर फिल्म निर्माणको घोषणा गरिएको हो ।

एबीपीलाइभका अनुसार फिल्मको नाम ‘फ्री–द अनटोल्ड स्टोरी अफ गुरुदेव श्री श्री रविशंकर’ राखिएको छ । फिल्मलाई भव्य रुपले बनाउने तयारी तिब्र गतिमा गरिएको छ ।

फिल्म विश्वका १ सय ५० देशमा २१ भाषामा रिलिज हुनेछ । फिल्ममा कसले रविशंकरको भूमिका निर्वाह गर्नेछन् भन्ने बारे केही खुलाइएको छैन ।

फिल्मले रविशंकरको सुरुवाती जीवनलाई समेट्नेछ । फिल्ममा रविशंकर आध्यात्मिक गुरु बनेको र आफ्नो आध्यात्मिक कार्यबाट विश्वभरका मानिसलाई प्रभावित पार्ने कथालाई प्राथमिकता दिइनेछ ।

फिल्मको निर्माण महावीर जैनको कम्पनी सनडायल इन्टरटेनमेन्ट र लाइका ग्रुपले संयुक्त रुपमा गर्नेछन् । फिल्मको निर्देशन मान्टु बस्सीले गर्नेछन् । मान्टुले नै फिल्मको कथा लेखेका हुन् ।

फिल्मको छायांकन कोभिडको लकडाउन खुलेपछि हुनेछ । त्यो समयसम्म फिल्म निर्माणले अन्य प्राविधिक तयारी गर्नेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : ०० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा