किन खाने फर्सी ? « Khabarhub

किन खाने फर्सी ?


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फर्सी धेरैलाई मन पर्ने तरकारी हो । हरियो वा वा पाकेको दुबै फर्सीको फरक फरक स्वाद हुन्छ । यसमा प्रसस्त मात्रामा भिटामिन र खनिज पाइन्छ ।

पोटासियम र बिटा क्यारोटिन प्रचुर मात्रामा पाइने फर्सीमा बिटा क्यारोटिन पाइन्छ । जो पछि भिटामिन एमा परिणत हुन्छ । यसमा क्याल्सियम र म्याग्नेसियमसहित भिटामिन ई, सी र भिटामिन बीका केही प्रकार पाइन्छ । दैनिक सय ग्राम फर्सी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनका फाइदाहरु निम्न छन् ।

१. फर्सीमा भिटामिन सी र ईसँगै बिटा क्यारोटिन पाइन्छ । यी पोषक तत्वहरुले छाला स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्दछ । रहन्छ ।

२. शरीरले प्राकृतिक रुपमा भिटामिन सी बनाउँदैन । त्यसैले फर्सीको सेवनबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ । जसले चोटपटक र घाउ निको पार्न सघाउँछ ।

३. फर्सीमा पाइने भिटामिन ई एक महत्वपूर्ण एन्टिअक्सिडेन्ट हो, जसले भिटामिन सीसँगै सक्रिय भएर घामले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभाव र छाला सुख्खा हुनबाट जोगाउँछ ।

४. फर्सीमा पाइने भिटामिन ए वा बिटा क्यारोटिनले पनि छालाको सुरक्षा गर्छ । घामका पराबैजनी किरणबाट जोगाउँछ । साथै यसले घामबाट हाम्रो शरीर डढ्नबाट बचाउँछ ।

५. यसमा पाइने भिटामिन एले दृष्टि क्षमता घटेका वा अन्धोपन हुने समस्याबाट बचाउँछ । फर्सीमा हुने बिटा क्यारोटिन, भिटामिन सी र ईले दृष्टि क्षमता जोगाउनुका साथै वृद्धावस्थामा पनि दृष्टि क्षमता कमजोर हुनबाट जोगाउँछ ।

६. मधुमेह, मोटोपन र उच्च रक्तचाप सबैलाई समग्रमा मेटाबोलिक सिन्ड्रोम भनिन्छ । जसमा फर्सीको सेवनले यी समस्याबाट जोगाउँछ ।

७. फर्सीको सेवनले रोग प्रतिरोध क्षमता बढाउन भुमिका खेल्दछ । साथै पाचनप्रणाली पनि राम्रो बनाउँछ ।

८. फर्सीमा पाइने क्यारोटिनोइड, भिटामिन ए र भिटामिन ईजस्ता एन्टिअक्सिडेन्टले स्तन क्यान्सरबाट जोगाउँछ । साथै फोक्सोको क्यान्सर घटाउन मद्दत गर्दछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ५६ बजे

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको