सवारी ज्यान मुद्दामा फरार रहेका वडाध्यक्ष सर्लाहीमा पक्राउ | Khabarhub Khabarhub

सवारी ज्यान मुद्दामा फरार रहेका वडाध्यक्ष सर्लाहीमा पक्राउ


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी मदन कुँवरका अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई बिहीबार पक्राउ गरिएको हो ।

डीएसपी कुँवरका अनुसार गत शनिबार साँझ साढे ६ बजे बरहथवा नगरपालिका वडा नम्बर ३ भगवतीपुरस्थित भित्री सडकखण्डमा भगवतीपुरबाट उनी मोटरसाइकलमा सहिदपुर जाँदै गर्दा ४ वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिएका थिए। ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि वडाध्यक्ष यादव भने फरार भएका थिए। फरार भएका वडाध्यक्ष यादवलाई प्रहरीले खोजतलास गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : २१ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती