तनहुँमा टिपरको ठक्करबाट नेपाली सेनाका प्युठको मृत्यु « Khabarhub

तनहुँमा टिपरको ठक्करबाट नेपाली सेनाका प्युठको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गएराति तनहुँको आँबुखैरेनीस्थित खानीखोलामा टिपरले ठक्कर दिँदा एकजना नेपाली सेनाका प्युठको मत्यु भएको छ ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट मृत्यु हुनेमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकी रहेका छन् ।

दोलखाका बुढाथोकी इञ्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत थिए। उनी चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज तिमिल्सेनाका अनुसार सोही मोटरसाइकलमा सवार रामेछाप जिल्ला गोकुलगङ्गा–४ का सिपाही २० वर्षीय अनिल खड्का घाइते भएका छन् । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग१क २८७७ नम्बरको टिपरले आँबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : ३१ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल