निषेधाज्ञा उल्लंघनको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दर्ता | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघनको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दर्ता


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेब शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद साह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना साहलाई पक्राउ गरि मुद्धा चलाईएको हो ।

उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : १२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र