निषेधाज्ञा उल्लंघनको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दर्ता « Khabarhub

निषेधाज्ञा उल्लंघनको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दर्ता


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेब शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद साह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना साहलाई पक्राउ गरि मुद्धा चलाईएको हो ।

उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : १२ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको