कोरोना संक्रमण बढेपछि सिंगापुरमा फेरि लकडाउनको तयारी « Khabarhub

कोरोना संक्रमण बढेपछि सिंगापुरमा फेरि लकडाउनको तयारी


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर– कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढेपछि सिंगापुर सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ ।

सिंगापुर सरकारले मे १६ बाट जुन १३ सम्म एक महिनाको लागि फेरि लकडाउन गर्ने तयारी गरेको हो । सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा ७१ कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।

दुई जना भन्दा बढी मानिस भेला हुन, होटल, जिमखाना र समूहमा कार्यक्रम गर्ने जस्ता कार्यमा प्रतिबन्ध लगाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

सिंगापुरमा हालसम्म कोरोना संक्रमितको संख्या ६१ हजार चार सय ५३ जना छ भने मृत्यु हुनेको संख्या ३१ जना छ । त्यस्तै, निको हुनेमा ६१ हजार २९ जना रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : १५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको