२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ९४८ जनाको पीसीआर

परीक्षण र ५३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ६५८ पुगेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ११, ओखलढुंगामा ७, खोटाङमा ४, झापामा ८७, ताप्लेजुङमा ८१, तेह्रथुम ८, धनकुटामा ४३, पाँचथर २, भोजपुरमा ४, मोरङमा ४३४, संखुवासभामा ४, सोलुखुम्बु २१ र सुनसरी १९७ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १४१, पर्सामा १३८, बारामा ४५, महोत्तरीमा ३४, रौतहटमा ६५, सप्तरीमा ३२, सर्लाहीमा १६ र सिरहामा २९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ४५८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १६८, चितवनमा २८७, दोलखामा २१, धादिङमा ७३, नुवाकोटमा ६७, भक्तपुरमा ३३५, मकवानपुरमा १५६, रसुवामा ५, रामेछापमा ४२, ललितपुरमा ५५६, सिन्धुपाल्चोकमा ६२ र सिन्धुली ७७ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २८४, गोरखामा ९०, तनहुँमा १२, नवलपरासी पूर्वमा ७४, पर्वत ५३, म्याग्दी ४६, लमजुङमा ३०, बागलुङमा १० र स्याङजामा ३१ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ४७, गुल्मीमा ११७, दाङमा १४४, नवलपरासीमा ५, पाल्पामा १०८, प्यूठानमा ३, बर्दियाका १९, बाँकेमा ८७, रुकुम पूर्व १, रुपन्देहीमा ५२२ र रोल्पामा ५७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १५, जाजरकोटमा ६१, जुम्ला १४, दैलेखमा ८, रुकुम पश्चिममा २७, सल्यानमा ५९, सुर्खेतमा २८८ र हुम्लामा ७७ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ७७, कञ्चनपुरमा २२३, कैलालीमा ९७, डडेल्धुरामा ४२, डोटी १३, दार्चुला ३, बाजुरामा १ र बैतडीमा ६४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ३० बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ