अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन सबै उपाय अपनाएका छौँ : प्राधिकरण « Khabarhub

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन सबै उपाय अपनाएका छौँ : प्राधिकरण


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ ।

अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरुलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको छ । साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै निर्वाध विद्युत् आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ ।

अक्सिजन उद्योग रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडर जडान गरिएको छ । कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत् आपूर्ति हुने फिडरहरुको पहिचान गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरुले सोहीअनुसार प्रबन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । उनले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत् आपूर्तिको समस्या नरहेको उल्लेख गरे ।

अक्सिजन उद्योग तथा अस्पतालहरुमा निर्वाध विद्युत् आपूर्तिका लागि वाग्मती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ ।

अस्पताल तथा अक्सिजन उद्योगसँग सम्बन्धित विद्युत् प्राविधिकलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ । आफ्नो अस्पताल वा उद्योगमा विद्युत्को समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्रीका विकासविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, कार्यकारी निर्देशक शाक्य, कार्यदलका संयोजक पाण्डे र स्थानीय वितरण केन्द्रका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकामा रहेका विभिन्न अस्पताल तथा अक्सिजन उद्योग र विद्युत् आपूर्ति गर्ने फिडरहरुको अवलोकन गरी समस्याको पहिचान गरेको छ । समस्या समाधानका लागि आवश्यक उपायहरु तर्जुमा गरी सोहीअनुसार कार्य अगाडि बढाइएको शाक्यले बताए । – रासस

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : १६ बजे

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका

नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम