अक्सिजन उद्योगको शुल्क छुट गर्न ऊर्जामन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदै « Khabarhub

अक्सिजन उद्योगको शुल्क छुट गर्न ऊर्जामन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदै


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेका छन् ।

विसं २०७८ वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युत्को डिमाण्ड शुल्क मिनाहा गर्ने गरी प्रस्ताव लैजान लागिएको हो ।

कोभिड –१९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने बिरामी दिनानुदिन बढेपछि अक्सिजनको आपूर्ति सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताए । उनले उद्योग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरलाई राहत मिल्ने बताए ।

कोभिडका कारण मानिसको मृत्युदरसमेत बढिरहेकाले पशुपति आर्यघाटमा रहेको विद्युत शवदाहगृहको विद्युत् डिमाण्ड शुल्क छुट गरिने उनले जानकारी दिए । छुट शुल्कवापतको शोधभर्ना नेपाल विद्युत् प्राधिकरणलाई नेपाल सरकारले उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचारसमेत गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ३० बजे

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको