सिंहदरबारमा ओली र नेपालसहितका नेताहरुबीच छलफल शुरू « Khabarhub

सिंहदरबारमा ओली र नेपालसहितका नेताहरुबीच छलफल शुरू


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन सिंहदरबारमा अहिले पार्टीका शीर्ष नेताहरुबीच छलफल शुरू भएको छ ।

पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरू भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा शुरू भएको छलफलमा एमालेका ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ ।

छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी नेपाल पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।

शुक्रबार भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरि एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यहि सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका हुन् । हिजो बूढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा ओली र नेपालबीच झन्डै चार घन्टा वार्ता भएको थियो । त्यसअघि, ओलीले नेता नेपालसहित चार नेतालाई कारबाही स्वरुप पार्टी सदस्यबाट गरिएको निलम्बन फुकुवा गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : २१ बजे

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका