एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने « Khabarhub

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ‘सेल्फ बैंकिङ’को अवधारणा अनुरुप एन आईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ।

यो सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एिशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्।

ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको ‘एनआईसी एशिया मोबैंक’ भित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ।

यस कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधाले ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दूरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : १६ बजे

अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा

काठमाडौं– नेपालको विद्युतीय सवारी बजारमा प्रोटोन विजेता ई.एमएएस-५ नेपालमा छिट्टै

चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच