जसपाको ठाकुर-महतो पक्षबाट मन्त्री बनेकालाई यादव पक्षले सोध्यो स्पष्टीकरण « Khabarhub

जसपाको ठाकुर-महतो पक्षबाट मन्त्री बनेकालाई यादव पक्षले सोध्यो स्पष्टीकरण


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण सोधेको छ ।

जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने जानकारी हुँदा हुँदै किन सरकारमा सामेल भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको छ ।

पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।

संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको, सरकारमा सहभागी भएको, नेता महतोलाई किन दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको जस्ता आरोप पनि मन्त्रीहरूलाई लगाइएको छ ।

जसपामा ठाकुर-महतो पक्षले ओलीलाई साथ दिँदै आएको छ भने यादव-भट्टराई पक्ष जसरी पनि ओली सरकार ढाल्नु पर्ने अडानमा छ । तर,ओलीले नै जसपाले उठाउँदै आएका माग पूरा गरेकाले उनलाई चुनावसम्म साथ दिने भन्दै ठाकुर-महतो पक्ष सरकारमा गएको छ ।

महतोको नेतृत्वमा सरकारमा गएको जसपाले उपप्रधानमन्त्रीसहित ९ मन्त्री र दुई राज्य मन्त्री पाएको छ । महतोले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालय पाएका छन् ।

यस्तै शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

जसपाबाटै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी छन् ।

ओली सरकारलाई हेर्ने दृष्टिकोणले मतभेदमा पुगेको जसपाभित्र एकले अर्को पक्षलाई कारबाहीको शिलशिलामा पनि जारी छ । तर, निर्वाचन आयोगले भने दुवै पक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता नदिने आइतबार निर्णय गरेको छ ।

आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै पुरा नै पदाधिकारी कायम रहने निर्णय सुनाएको हो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : ३० बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा