अवैध रुपमा खोला उत्खनन् गर्ने स्काभेटर र टिपर नियन्त्रण, चालक फरार « Khabarhub

अवैध रुपमा खोला उत्खनन् गर्ने स्काभेटर र टिपर नियन्त्रण, चालक फरार


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा अवैध रुपमा खोला उत्खनन् गर्ने स्काभेटर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति २ बजे मिथिला नगरपालिका ३ स्थित औरही खोलाबाट अवैध रुपमा उत्खनन् गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ना ७ ख १६७३ नम्बरको स्काभेटर र ज १ त ६२१ नम्बर टिपर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

प्रहरीले नियन्त्रमा लिइएको स्काभेटर र टिपर कमलदेव यादव र रामकुमार महतो सञ्चालक रहेको वनदेवी बालुवा प्रशोधन उद्योगको रहेको उनले बताए । प्रहरीले स्काभेटर र टिपर नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । स्थानीयले खोला उत्खनन भइरहेको सूचना प्रहरीलाई दिएका थिए ।

क्रसर सञ्चालकले अवैध रुपमा खोला उत्खनन गरी १५ मिटरसम्म गहिरो बनाएको प्रहरी निरीक्षक सुनारको भनाइ छ । औरही खोला किनारमा सञ्चालनमा रहेका आधा दर्जन क्रसर उद्योगले खोला उत्खनन् गर्ने गरेको उनको आशंका छ । पछिल्लो समय कोरोना महामारीको मौका छोपेर धनुषाको औरही, जलाद, बडहरी, सुखजोर, रातु, जगधर र कमला नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १ : ४४ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको