सुर्खेत प्रकरण : ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित « Khabarhub

सुर्खेत प्रकरण : ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीयसँग भिडन्त गरेका सामाजिक अभियानी ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन (मापसे) गरेको प्रमाणित भएको छ ।

गत शुक्रबार राति स्थानीय गाउँलेसँग राति ९ देखि २ बजेसम्म उनीहरूले भिडन्त गरेका थिए । त्यसक्रममा घाइते भएका उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । सोही राति अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले उक्त पुष्टि गरेको हो ।

तर शाहीले आफूहरूले मद्यपान प्रयोग नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेको कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेको सार्वजनिक भएको भिडियोमा सुन्न सकिन्छ ।

यसैबीच उक्त घटना मिलाउन आइतबार बेलुका १३ नम्बर वडा अध्यक्ष भुपेन्द्र दर्लामी, प्रहरी निरीक्षक कनक शाहीसँग अभियानी शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो । बैठकमा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरूले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए ।

ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको हो । मिलापत्रपछि हिरासतमा रहेका युवाहरू छुटेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  २ : २५ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने