काठमाडौँमा भोलिदेखि मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ तालिका « Khabarhub

काठमाडौँमा भोलिदेखि मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ तालिका


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाका धारामा अबको दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने भएको छ।

प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएकाले असार १ गते (भोलि) देखि करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ । मेलम्चीको पानी नआउने भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार काठमाडौँका धारामा २ देखि १२ दिन बिराएर पानी आउने छ ।

अहिले काठमाडौँ उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध नहुने भएकाले केयुकेएलले तालिका परिवर्तन गरेको हो ।

यो समयमा खानेपानीको अभाव हुन नदिन केयुकेएलले उपत्यका भित्र भएका पानीको स्रोतहरुबाट उपलब्ध हुने खानेपानी ठाउँ हेरेर २ देखि १२ दिन बिराएर वितरण गरिने जनाएको छ ।

काठमाडौँको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने केयूकेएलले जनाएको छ ।

त्यस्तै बाँसबारी र पानीपोखरी क्षेत्रमा ५ दिन बिराएर, बालाजु क्षेत्रमा ९ दिन, कीर्तिपुर क्षेत्रमा २ दिन, सैँबु र ललितपुर क्षेत्रमा १२ दिन, भक्तपुर क्षेत्रमा ४ दिन बिराएर पानी आउने केयुकेएलले जनाएको छ ।

यस्तो छ नयाँ तालिका 

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ६ : ०१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने