गाई मरेपछि हिन्दू परम्पराअनुसार किरिया बार्दै झापाका एक पुरुष « Khabarhub

गाई मरेपछि हिन्दू परम्पराअनुसार किरिया बार्दै झापाका एक पुरुष


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– आफ्ना आफन्तको अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ ।

आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन् ।

उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बनेका हुन् । उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो ।

पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन । दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ ।

“हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ । धर्म र करकापले किरिया बारेको नठानिदिनुहोला,” उनले भने– “जन्म दिने आमाको दुध बढीमा दुई वर्षसम्म खाइन्छ । गौमाताको दुध जीवनभर खाने गरिन्छ । मनैदेखि श्रद्धा जागेको हुँदा दश दिने काजकिरिया गरिरहेको हुँ ।”

मानिस मर्दा गरिने दशगात्र कर्मसरह सेतो वस्त्र धारण गरेर किरिया बार्दै आएका उनले दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने जानकारी दिए ।

अहिले उनी गाईको थलामा नै कोरामा बसेका छन् । कसैले नछोउन् भनेर अलग्गै बसेका उनको कम्मरमा कुशको दाम्लो बेरिएको छ । किरियापुत्री सरह एक छाक अलिनो खाने गरेको उनले बताए ।

मरेको गाईलाई थला नजिकै गाडिएको छ । दश दिने किरिया सकेर कोकामा लगेर दाम्लो सेलाउने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : २५ बजे

रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू

काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते