गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र प्राथमिकतामा | Khabarhub Khabarhub

गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र प्राथमिकतामा


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले कोराना रोकथाम र नियन्त्रण प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा कोरोनाका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने, प्रदेशका सबै नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने, कोरोना संक्रमितको उपचार उल्लेख छ । त्यस्तै कोभिडका कारण पर्यटन र कृषिमा परेको समस्या सम्बोधन गरिने, सरूवा रोग अस्पताल प्रभावकारी बनाउने र ५० शय्याका सबै अस्पतालमा आँखा उपचारको व्यवस्था गरिने प्रदेश प्रमुख पौडेलले बताइन् ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार गर्ने व्यवस्था गरिनेछ । डायलिसिस सेवालाई नवलपुरको मध्यबिन्दु अस्पताल र लमजुङ जिल्ला अस्पतालमा बिस्तार गरिने कार्यक्रममा उल्लेख छ । त्यस्तै स्थानीय तहसँगको सहकार्यमा बाँझो जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गालाई उपयोग गरी कृषिजन्य उत्पादन वृद्धि गर्न बाँझो जग्गामा व्यावसायिक खेती प्रवर्द्धन कार्यक्रम सञ्‍चालन गरिने उनले जानकारी दिइन् ।

कृषि व्यवसायको जोखिम न्यूनीकरणका लागि उपलब्ध गराइने थप बिमा सहुलियतलाई पुनरावलोकन गरी बाली तथा पशुपन्छी बिमाको व्यवस्था मिलाइने कार्यक्रममा समावेश गरिएको छ । प्रमुख पौडेलले प्रदेशमा खाद्यान्नको अभाव हुन नदिन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगको सहकार्यमा खाद्यान्नको न्यूनतम मौज्दात राख्ने व्यवस्था गरिने जानकारी दिइन् ।

उनका अनुसार प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ भने स्थानीय तह र स्थानीय प्रशासनसँगको समन्वयमा कालोबजारी, एकाधिकार, सिन्डिकेट तथा कार्टेलिङ अन्त्य गरिनेछ । गण्डकी प्रदेशलाई नेपालको मुख्य पर्यटन केन्द्रविन्दु र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने उनले बताइन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय र प्रादेशिक लोकमार्गबाट सबै स्थानीय तहको केन्द्र जोड्ने सडकलाई आगामी दुई वर्षभित्र स्तरोन्नती गरी कालोपत्रे गरिने उल्लेख छ । त्यस्तै “गण्डकी प्रदेश उज्यालो प्रदेश”को संकल्पलाई पूरा गर्न सबै घरपरिवारमा विद्युत सेवा पुर्‍याउने कार्य सम्पन्न गरिने उल्लेख गरिएको छ ।

भ्रष्टाचार न्यूनीकरण गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अबलम्बन गरिने र आयोजना पहिचान, प्राथमिकीकरण, छनौट र कार्यान्वयनलाई प्रभावकारी बनाउन “प्रादेशिक आयोजना बैंक” स्थापना गरी क्रमश कार्यान्वयनमा ल्याइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : ३८ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)