गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र प्राथमिकतामा « Khabarhub

गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र प्राथमिकतामा


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले कोराना रोकथाम र नियन्त्रण प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा कोरोनाका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने, प्रदेशका सबै नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने, कोरोना संक्रमितको उपचार उल्लेख छ । त्यस्तै कोभिडका कारण पर्यटन र कृषिमा परेको समस्या सम्बोधन गरिने, सरूवा रोग अस्पताल प्रभावकारी बनाउने र ५० शय्याका सबै अस्पतालमा आँखा उपचारको व्यवस्था गरिने प्रदेश प्रमुख पौडेलले बताइन् ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार गर्ने व्यवस्था गरिनेछ । डायलिसिस सेवालाई नवलपुरको मध्यबिन्दु अस्पताल र लमजुङ जिल्ला अस्पतालमा बिस्तार गरिने कार्यक्रममा उल्लेख छ । त्यस्तै स्थानीय तहसँगको सहकार्यमा बाँझो जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गालाई उपयोग गरी कृषिजन्य उत्पादन वृद्धि गर्न बाँझो जग्गामा व्यावसायिक खेती प्रवर्द्धन कार्यक्रम सञ्‍चालन गरिने उनले जानकारी दिइन् ।

कृषि व्यवसायको जोखिम न्यूनीकरणका लागि उपलब्ध गराइने थप बिमा सहुलियतलाई पुनरावलोकन गरी बाली तथा पशुपन्छी बिमाको व्यवस्था मिलाइने कार्यक्रममा समावेश गरिएको छ । प्रमुख पौडेलले प्रदेशमा खाद्यान्नको अभाव हुन नदिन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगको सहकार्यमा खाद्यान्नको न्यूनतम मौज्दात राख्ने व्यवस्था गरिने जानकारी दिइन् ।

उनका अनुसार प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ भने स्थानीय तह र स्थानीय प्रशासनसँगको समन्वयमा कालोबजारी, एकाधिकार, सिन्डिकेट तथा कार्टेलिङ अन्त्य गरिनेछ । गण्डकी प्रदेशलाई नेपालको मुख्य पर्यटन केन्द्रविन्दु र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने उनले बताइन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय र प्रादेशिक लोकमार्गबाट सबै स्थानीय तहको केन्द्र जोड्ने सडकलाई आगामी दुई वर्षभित्र स्तरोन्नती गरी कालोपत्रे गरिने उल्लेख छ । त्यस्तै “गण्डकी प्रदेश उज्यालो प्रदेश”को संकल्पलाई पूरा गर्न सबै घरपरिवारमा विद्युत सेवा पुर्‍याउने कार्य सम्पन्न गरिने उल्लेख गरिएको छ ।

भ्रष्टाचार न्यूनीकरण गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अबलम्बन गरिने र आयोजना पहिचान, प्राथमिकीकरण, छनौट र कार्यान्वयनलाई प्रभावकारी बनाउन “प्रादेशिक आयोजना बैंक” स्थापना गरी क्रमश कार्यान्वयनमा ल्याइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : ३८ बजे

यूएईविरुद्ध नेपालले गुमायो चौथो विकेट, २१ बलमा १७ रन जोडेका मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

सबैलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजान्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

काठमाडौं– अध्यागमन विभागले गैर कानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

पर्वत– पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु

विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका