१६४ घर खरको छानामुक्त « Khabarhub

१६४ घर खरको छानामुक्त


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन् ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन् ।

३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारले उपलब्ध गराएको रकम रु ५० हजारको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो ।

यस्तै प्रदेश सरकारकातर्फबाट रु २५ लाख र स्थानीय सरकारका तर्फबाट रु २५ लाख गरी कूल रु ५० लाखमार्फत १२५ घरधुरीलाई रु ४० हजारको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । गाउँपालिकाका अधिकांश घर पछिल्लो पटक खरको छानोमुक्त बनेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : २५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब