हुम्ला विमानस्थलबाट पाँच केजी यार्सागुम्बासहित एक पक्राउ « Khabarhub

हुम्ला विमानस्थलबाट पाँच केजी यार्सागुम्बासहित एक पक्राउ


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– हुम्ला विमानस्थलबाट पाँच केजी ३ सय ग्राम यार्सागुम्बासहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको बताए।

हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माका अनुसार सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित जाँच गर्ने क्रममा पुर्जीविनाको पाँच केजी यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको छ ।

“डिभिजन वन कार्यालय बझाङले दुई केजीको छुट पुर्जी दिएको भए पनि तामाङसँग भएको सबै यार्सागुम्बा डिजिटल तराजुबाट तौल जाँच गर्दा बिना पुर्जीको तीन केजी यार्सा भेटिएपछि बरामद गरिएको हो”, प्रहरी नायब उपरीक्षक शर्माले भने, “जाँचको क्रममा राजस्व तिरेको पुर्जीभन्दा पनि बढी अवैध सामान भएकाले बरामद गरेका हौँ ।”

बरामद यार्सागुम्बासहित नियन्त्रणमा लिइएका तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको हुम्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  २ : ५८ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी