भौगर्भिक समाजको अध्यक्षमा डा. गजुरेल | Khabarhub Khabarhub

भौगर्भिक समाजको अध्यक्षमा डा. गजुरेल


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा अनन्तप्रसाद गजुरेल निर्वाचित भएका छन् ।

समाजको २० औँ कार्यकारिणी समितिको शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार डा गजुरेल ३७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा सुधीर रजौरेले २७२ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा मनिका झा (३९५ मत) महासचिव डा लोकविजय अधिकारी (३९६ मत) ल्याई विजयी भएका निर्वाचन उपसमिति संयोजक शिवकुमार बाँस्कोटाले जानकारी दिए । यसैगरी, उपमहासचिमा सविना खत्री, कोषाध्यक्षमा आशिष केसी र तीन सदस्यमा इन्द्र लम्साल, अर्जुन भण्डारी र सौरभ खनाल छन् ।

निर्वाचन हुने आठ पदमध्ये उपमहाचिव र सदस्यबाहेक अन्य सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो । कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनीत गर्नेछन् । आठ सयभन्दा बढी मतदाता रहेको समाजको निर्वाचनमा ६४३ मत खसेको थियो । उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ ।

नवनिर्वाचित अध्यक्ष डा गजुरेलले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भूगर्भविद्ले विशेषतः बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ४५ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर