आगो लगाएर श्रीमतीको हत्या गर्ने युवकलाई आजीवन जेल सजाय « Khabarhub

आगो लगाएर श्रीमतीको हत्या गर्ने युवकलाई आजीवन जेल सजाय


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । श्रीमतीलाई आगो लगाइ हत्या गरेको आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई जिल्ला अदालतले शुक्रबार उक्त सजाय सुनाएको हो ।

विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको छ ।

गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैँले श्रीमतीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो ।

काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि गत माघ १२ गते बिहान अनिताको मृत्यु भएको थियो । मृतकका बुबा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोदविरुद्ध किटानी जाहेरी दिएका थिए । माघ ११ गते पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  २ : १५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित