एडल्ट फिल्म स्टार बन्न चाहन्थे शाहरुख « Khabarhub

एडल्ट फिल्म स्टार बन्न चाहन्थे शाहरुख


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड सुपरस्टार शाहरुख खान बलिउडको बौद्धिक अभिनेताका रुपमा चिनिन्छन् । उनको चतुर शैली र सेन्स अफ ह्युमरबाट जोकोही प्रभावित छन् । शाहरुख सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी फ्यानका जस्तो सुकै प्रश्नको सरल र सहज किसिमले उत्तर दिन्छन् । जुन उत्तरले उनी समय–समयमा विवादमा पनि तानिन्छन् ।

सन् २००९ मा शाहरुख प्रवद्र्धन गुरु अरिन्दम चौधरीको पुस्तक ‘डिस्कभर द डायमण्ड इन यू’ सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित थिए । जहाँ उनले आफ्नो एक अनौठो इच्छाको खुलासा गरेका थिए ।

कार्यक्रममा शाहरुखले आफू एक एडल्ट फिल्मको स्टार बन्न चाहेको बताउदा कार्यक्रममा उपस्थित सबै चकित परेका थिए ।

‘म जहिल्यै एडल्ट फिल्मको स्टार बन्न चाहन्थें । म एडल्ट फिल्म स्टार बन्नका लागि पुरा सकारात्मक र स्पष्टताका साथ काम गर्न चाहन्थें’, उनले भनेका छन् ।

शाहरुखले आफू सिल्वेस्टर स्टेलोनको ठूलो फ्यान रहेकाले उनकै पदचाप पछ्याउन चाहेको खुलाएका थिए । किनकी सिल्वेस्टर हलिउडमा सुपरस्टार बन्नु अघि एडल्ट फिल्मको स्टार थिए । कार्यक्रममा शाहरुखले आफू एक सफल एडल्ट स्टार बनेर देखाउने घोषणै गरेका थिए ।

शाहरुख चाँडै नै सिद्धार्थ आनन्दको एक्सन थ्रिलर फिल्म ‘पठान’मा देखिँदैछन् । यो फिल्ममार्फत उनी ४ वर्षपछि दर्शकमाझ आउँदैछन् । उनी एटलीको नयाँ फिल्म ‘साँकी’मा दक्षिण भारतीय अभिनेत्री नयनताराका साथ देखिँदैछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १ : ४५ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान