बजेटको प्रतिस्थापन विधेयक आजै पास गर्ने सरकारी तयारी, विफल पार्ने एमाले रणनीति | Khabarhub Khabarhub

बजेटको प्रतिस्थापन विधेयक आजै पास गर्ने सरकारी तयारी, विफल पार्ने एमाले रणनीति


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ । तर, त्यसलाई जसरी पनि रोक्ने रणनीति नेकपा एमालेले अख्तियारी गरेको छ ।

सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले थपघट गरेको छ ।

तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तो छ आजको सम्भावित कार्यसूची

मंगलबारको सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । तर एमाले हरेक बैठकमा बेल घेर्दै आएको छ । आइतबारको संसद बैठक पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको थिएन ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्तासीन दलका नेताहरू सहभागी भए पनि प्रमुख प्रतिपक्षी एमालेले सो बैठक बहिष्कार गरेको थियो । जसकारण बैठकले कुनै ठोस निर्णय गर्न सकेन ।

एमालेले पछिल्लो पटक दुई वटा सर्त अघि सारेको छ । एमालेले कारबाही गरेका १४ सांसदको सूचना टास गर्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रसस्त गर्नुपर्ने  । तर, कारबाही विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यसबारे संसदमा टिप्पणी गर्न नमिल्ने धारणा सभामुख सापकोटाको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ३० बजे

ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे

काठमाडौँ– जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान

यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य

काठमाडौं– संविधानविद् तथा विश्लेषक भिमार्जुन आचार्यले जेनजी पुस्ताको आन्दोलनमा सरकारको

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र

आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको सर्कुलर 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका

पोखरामा निषेधाज्ञा जारी

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र