एमालेको अवरोधकाबीच अगाडि बढ्यो संसद्, अर्थमन्त्रीद्वारा विनियोजन विधेयक पेश « Khabarhub

एमालेको अवरोधकाबीच अगाडि बढ्यो संसद्, अर्थमन्त्रीद्वारा विनियोजन विधेयक पेश


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । बैठकको कारबाही सुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका छन् ।

उनीहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न समय दिए । नारावाबाजीकै बीच अर्थमन्त्रीले सो प्रस्ताव पेश गरे । अहिले सो प्रस्तावमाथि छलफल भइरहेको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले आफ्नो धारणा राखिरहेका छन् । एमाले सांसदहरुको नाराबाजी जारी रहेकाले छलफलमा भाग लिने सांसदहरुले आ आफ्नो स्थानबाटै धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : १५ बजे

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई