एमालेको अवरोधकाबीच बजेटमाथि छलफल, प्रतिनिधिसभाको अर्को बैठक असोज ४ मा (भिडियो) « Khabarhub

एमालेको अवरोधकाबीच बजेटमाथि छलफल, प्रतिनिधिसभाको अर्को बैठक असोज ४ मा (भिडियो)


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा लगातार अवरोध गरे पनि सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बेजटमाथिको छलफल सुरु भएको छ । मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राखेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

एमाले सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाउँदै अर्थमन्त्री शर्मालाई प्रस्ताव पेश गर्न समय दिएका थिए । मर्यादापालकको सुरक्षामा रोष्टममा पुगेर अर्थमन्त्री शर्माले प्रस्ताव पेश गरे । सो प्रस्तामाथिको छलफलमा एकजनामात्र सांसद नेमकिपाका प्रेम सुवाललले भाग लिए । उनले छलफलका क्रममा एमसीसी अमेरिकी सैन्य रणनीति भएको भन्दै सो सम्झौता लागू गर्न नहुने विचार राखे । उनले आफ्नो भनाइ राख्न रोष्टम भने पाएनन् । एमालेका सांसदहरुको नाराबाजी जारी रहेकाले उनले आफ्नो स्थानबाटै धारणा राखेका थिए । त्यसपछि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले छलफलमा भाग लिएकोमा धन्यावाद दिए ।

त्यसपछि सो प्रस्तावलाई सभामुखले निर्णयका लागि प्रस्तुत गरे । ध्वनी मतले सो प्रस्ताव पारित भएपछि बैठक अर्को कार्यसूचीमा प्रवेश गर्यो । दुईजना पूर्व सांसदहरु रुक्म शमशेर राणा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारितपछि मंगलबारको बैठक सकिएको छ । अर्को बैठक असोज ४ गते बस्ने छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ३४ बजे

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल