एमालेको अवरोधकाबीच बजेटमाथि छलफल, प्रतिनिधिसभाको अर्को बैठक असोज ४ मा (भिडियो) « Khabarhub

एमालेको अवरोधकाबीच बजेटमाथि छलफल, प्रतिनिधिसभाको अर्को बैठक असोज ४ मा (भिडियो)


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा लगातार अवरोध गरे पनि सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बेजटमाथिको छलफल सुरु भएको छ । मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राखेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

एमाले सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाउँदै अर्थमन्त्री शर्मालाई प्रस्ताव पेश गर्न समय दिएका थिए । मर्यादापालकको सुरक्षामा रोष्टममा पुगेर अर्थमन्त्री शर्माले प्रस्ताव पेश गरे । सो प्रस्तामाथिको छलफलमा एकजनामात्र सांसद नेमकिपाका प्रेम सुवाललले भाग लिए । उनले छलफलका क्रममा एमसीसी अमेरिकी सैन्य रणनीति भएको भन्दै सो सम्झौता लागू गर्न नहुने विचार राखे । उनले आफ्नो भनाइ राख्न रोष्टम भने पाएनन् । एमालेका सांसदहरुको नाराबाजी जारी रहेकाले उनले आफ्नो स्थानबाटै धारणा राखेका थिए । त्यसपछि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले छलफलमा भाग लिएकोमा धन्यावाद दिए ।

त्यसपछि सो प्रस्तावलाई सभामुखले निर्णयका लागि प्रस्तुत गरे । ध्वनी मतले सो प्रस्ताव पारित भएपछि बैठक अर्को कार्यसूचीमा प्रवेश गर्यो । दुईजना पूर्व सांसदहरु रुक्म शमशेर राणा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारितपछि मंगलबारको बैठक सकिएको छ । अर्को बैठक असोज ४ गते बस्ने छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ३४ बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा