गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु « Khabarhub

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक मंगलबार कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुङ्गा लागेको हो ।

मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् । अर्जुनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । ढुङ्गा लागेर घाइते हुनेमा बझाङकै जयपृथ्वी नगरपालिका– ११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव भट्ट रहेका छन्।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । शव घटनास्थलमै रहेको छ । बसमा सवार अन्य यात्रु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनापश्चात् राजमार्ग केही घण्टा अवरुद्ध रहेको भए पनि अहिले भने सञ्चालनमा आएको छ । रासस

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : १३ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२