बाल अधिकार सुनिश्चितताका लागि  प्रत्येक घरपरिवार बालमैत्री हुनुपर्छ : प्रधानमन्त्री देउवा « Khabarhub

बाल अधिकार सुनिश्चितताका लागि  प्रत्येक घरपरिवार बालमैत्री हुनुपर्छ : प्रधानमन्त्री देउवा


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको ५७औँ राष्ट्रिय बाल दिवस– २०७८ को मूल समारोह समितिको भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले प्रत्येक कोभिड अस्पतालमा प्रभावित बालबालिकाका लागि कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको अवगत गराए ।

नेपालको संविधानले बालबालिकालाई मौलिक हकका रुपमा आत्मसाथ गरेको र सरकारले बालबालिकासम्बन्धी ऐन, कानूनहरुको तर्जुमा गरी कार्यान्वयनमा ल्याएको जनाउँदै प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको बताए ।

“समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक छ । बाल अधिकार संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो”, प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, १९८९ मा नेपाल पक्ष राष्ट्र भएको ३० वर्ष पूरा भएको छ । उक्त महासन्धिलाई नेपालले अनुमोदन गरेकोे दिनलाई राष्ट्रिय बालदिवस मनाउन थालिएको हो ।

“सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” को नारासहित आयोजित दिवसमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले दिवस केवल नारामा मात्र सीमित नरहोस् र सडक बालबालिकामुक्त राष्ट्र हुन सकोस् भन्ने कामना गरिन् ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष सीता सुन्दासले कुनै पनि बालबालिकाले नाना, खाना र छानाबाट वञ्चित हुन नपरोस् भन्ने भावनालाई व्यवहारतः कार्यान्वयन गर्नुपर्ने खाँचो औल्याइन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले बालअधिकारको संरक्षणका लागि तथा बालबालिका एवं महिला हिंसाविरुद्ध साझा प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिइन् । मन्त्रालयका सचिव यामकुमारी खतिवडा र परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बाल अधिकार संरक्षण र संवद्र्धनका क्रममा भएका प्रयास र उपलब्धिका बारेमा जानकारी गराएका थिए ।

युनिसेफ नेपालका प्रतिनिधि इल्के विस्च, नगरपालिका महासङ्घ नेपालका अध्यक्ष अशोक ब्याजु, विभिन्न मन्त्रालयका प्रतिनिधिलगायतले बालअधिकारका लागि आफूले गरेका प्रयासबारे उल्लेख गर्दै दिवसको शुभकामना दिए ।

दिवसका सन्दर्भमा आह्वान गरिएको सङ्घीय नेपालमा बालअधिकार विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट भएका तीन भिडियोको नतिजा घोषणा गरियो । छनोट समितिको मूल्याङ्कन अनुसार घोषित विवरणअनुसार प्रथमःअमृत रिजाल र जानुका जमरकट्टेल, द्वितीय : श्रद्धा श्रेष्ठ र समूह र सिर्जनशील संस्था नेपाल तृतीय भएको छ । उत्कृष्ट भिडियोलाई क्रमशः प्रथमलाई रु २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १५ हजार नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : ३८ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति