पाण्डे र भट्टको पक्षमा अदालतको आदेश, एकीकृत समाजवादी रोज्न पाउने « Khabarhub

पाण्डे र भट्टको पक्षमा अदालतको आदेश, एकीकृत समाजवादी रोज्न पाउने


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् ।

सर्वोच्चले पाण्डे र भट्टमाथि एमालेले कुनै कारबाही गर्न नपाउने अन्तरिम आदेश दिएको छ । याे आदेशले उनीहरुलाई नेकपा (एस) राेज्ने बाटाे खाेलेकाे हाे ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुबेदीको सँयुक्त इजलासले पाण्डे र भट्टको माग बमोजिम अन्तरिम आदेश दिएको छ । पाण्डे र भट्टले आफूले नेकपा (एस) रोज्न पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेकपा (एस)लाई दर्ता गर्नुअघि नै भदौ ८ मै निर्वाचन आयोगमा निवेदन दिइसकेको भन्दै उनीहरुको नाम सनाखतमा समावेश नगराउनु मनासिव नदेखिएको सर्वोच्चले व्याख्या गरेको छ ।

याे आदेशपछि उनीहरुले नेकपा एस राेजे प्रतिनिधिसभामा एमाले ९८ सिटमा हुनेछ भने राष्ट्रियसभामा २५ सिट हुनेछ । नेकपा एसको भने प्रतिनिधिसभामा २३ सिट र राष्ट्रियसभामा ७ सिट पुग्नेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : ०७ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी