पाण्डे र भट्टको पक्षमा अदालतको आदेश, एकीकृत समाजवादी रोज्न पाउने « Khabarhub

पाण्डे र भट्टको पक्षमा अदालतको आदेश, एकीकृत समाजवादी रोज्न पाउने


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् ।

सर्वोच्चले पाण्डे र भट्टमाथि एमालेले कुनै कारबाही गर्न नपाउने अन्तरिम आदेश दिएको छ । याे आदेशले उनीहरुलाई नेकपा (एस) राेज्ने बाटाे खाेलेकाे हाे ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुबेदीको सँयुक्त इजलासले पाण्डे र भट्टको माग बमोजिम अन्तरिम आदेश दिएको छ । पाण्डे र भट्टले आफूले नेकपा (एस) रोज्न पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेकपा (एस)लाई दर्ता गर्नुअघि नै भदौ ८ मै निर्वाचन आयोगमा निवेदन दिइसकेको भन्दै उनीहरुको नाम सनाखतमा समावेश नगराउनु मनासिव नदेखिएको सर्वोच्चले व्याख्या गरेको छ ।

याे आदेशपछि उनीहरुले नेकपा एस राेजे प्रतिनिधिसभामा एमाले ९८ सिटमा हुनेछ भने राष्ट्रियसभामा २५ सिट हुनेछ । नेकपा एसको भने प्रतिनिधिसभामा २३ सिट र राष्ट्रियसभामा ७ सिट पुग्नेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : ०७ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति