मनाङमा हेलिकोप्टरमार्फत् विद्युतका सामग्री ढुवानी « Khabarhub

मनाङमा हेलिकोप्टरमार्फत् विद्युतका सामग्री ढुवानी


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- विकट हिमाली जिल्ला मनाङमा बाढीपहिराका कारण तीन महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ ।

भत्किएका सडक मर्मत तथा निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्णरुपमा प्रभावित भएका छन् । लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरेर जलविद्युतका सामग्री ढुवानी गरिएको छ ।

तीन महिनादेखि डुम्रे–बेँसीशहर–चामे सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन । लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा उज्यालोका लागि युवाले सहयोग पुर्‍याएका छन् ।

राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको विद्युत्मा पनि बाढीपहिराले क्षति पु¥याएको छ । बाढीपहिराले क्षति पुर्याएको जलविद्युत् मर्मतका लागि हेलिकप्टर चार्टर गरी आवश्यक सामग्री ढुवानी गरिएको समाजसेवी विनोद लामाले जानकारी दिए ।

चामे लघु जलविद्युत् आयोजना मर्मत तथा सम्भार र निर्माणका लागि हेलिकप्टर चार्टर गरी आवश्यक पाइपलगायत सामग्री ढुवानी गरिएको लामाले बताए । हेलिकप्टरमार्फत बेँसीशहरबाट सदरमुकाम चामेसम्म उक्त सामग्री ल्याइएको उनले बताए ।

गण्डकी प्रदेश सरकारबाट सरकारी कार्यालयको सेवा प्रवाहको सहजताका लागि सौर्य ऊर्जा जडान गरिएको छ तर सरकारी कामकाजका लागि सहज भए पनि सर्वसाधारण हालसम्म पनि अन्धकारमा रहँदै आएका छन् । चामेवासीलाई लघु जलविद्युत् आयोजना मर्मत भएपछि बिजुलीको उपलब्ध हुनेछ ।

लामो समयसम्म सौर्य ऊर्जाले धान्नसक्ने अवस्था नरहेकाले जलविद्युत् आयोजनाको निर्माणका लागि वैदेशिक रोजगारीमा रहेका चामेवासीले सहयोग पु¥याएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

सदरमुकाम चामेदेखि भ्राताङसम्म विसं २०७७ माघमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । मनाङमा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे–१ स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनीयर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले मनाङस्थित प्रसारण लाइन मर्मत कार्य थालिएको बताए । उनका अनुसार बाढीपहिराले प्रसारणमा एक करोड ७० लाख बराबरको क्षति पुगेको छ ।

बाढीपहिराले ३३ केभी लाइनको ८.४ किलोमिटरको ११६ वटा खम्बा, ५.६ किलोमिटरको ११ केभी लाइनको ८८ वटा खम्बामा क्षति पु¥याएकोे छ । चार सय भोल्टको ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताए । यी स्थानमा हेलिकप्टरबाट मात्रै सामग्री ढुवानी गर्न सकिने भएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ३० बजे

नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

पर्वत– पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक